सरकारी वकील समक्ष लामिछानेको बयान शुरु, पत्नी निकिता पनि सँगै
लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल पनि सरकारी वकीलको कार्यालय पुगेकी छन्।-1726551923.jpg)
काठमाडौं, मंसिर १४ : सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान चलिरहेको छ।
लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल पनि सरकारी वकीलको कार्यालय पुगेकी छन्।
स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि बयान शुरु भएको हो। लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ।
लामिछानेलाई अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो । लामिछाने गत कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन्। सूर्य दर्शन सहकारी ठगीको आरोपमा उनी काश्की प्रहरी हिरासतमा थिए।
स्वर्णलक्ष्मी ठगी प्रकरणमा बयान सकिएपछि पुनः कास्की लैजाने तयारी छ। लामिछानेलाई सरकारी वकीलको कार्यालय लगेलगत्तै पत्नी निकिता पनि पुगेकी थिइन ।
प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार