६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै कीर्तिपुर काठमाडौं–१६ का गरी ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो।
काठमाडौं, मंसिर १४ : निर्वाचन आयोगले आचार संहिता पालनाको प्रश्न उठाउँदै ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।
आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै कीर्तिपुर काठमाडौं–१६ का गरी ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो।
अनुगमनका क्रममा आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको भेटिएको जनाइएको छ। आयोगले एकपल्टका लागि स्पष्टीकरण सोधेको हो।
आयोगले कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार राजमान महर्जन, माओवादी केन्द्रका मेयरका उम्मेदवार शिव शरण महर्जन, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार मीन बहादुर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार रोजिना श्रेष्ठ, कामपा १६ का स्वतन्त्र उम्मेदवार सम शाक्य र पशुपति कठायतलाई स्पष्टीकरण सोधिएको हो।
प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












