Kathmandu Press

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक घोषणा  

प्रधानमन्त्री चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा मंसिर १७–२१ (डिसेम्बर २ देखि ५ सम्म) चीन भ्रमणमा जाने कर्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक घोषणा  

काठमाडौं, मंसिर १४ : नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले एकसाथ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन्। 

प्रधानमन्त्री चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा मंसिर १७–२१ (डिसेम्बर २ देखि ५ सम्म) चीन भ्रमणमा जाने कर्यक्रम तय भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरिसकेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि शुक्रबा नै एक विज्ञप्ति जारी गर्दै राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने उल्लेख छ। 

प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य पनि हुनेछन्। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता पनि तय भइसकेको छ। 

ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने छन्। त्यसपछि ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, मंसिर १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्