Kathmandu Press

सामाजिक सञ्जालमार्फत शान्ति खलबलिने अभिव्यक्ति दिए कारबाही गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोतर्फत ध्यानाकर्षण गर्दै चेतावनी दिइएको हो। 
सामाजिक सञ्जालमार्फत शान्ति खलबलिने अभिव्यक्ति दिए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, मंसिर १४ : सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति खलबलिने अभिव्यक्ति दिन व्यक्तिलाई कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ। 

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी गर्दै उक्त चेतावनी दिएको हो। गृह मन्त्रालयले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोतर्फत ध्यानाकर्षण गर्दै चेतावनी दिइएको हो। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पु¥याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गरिने समेत उल्लेख छ। तर, विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली–बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको भन्दै गृहले स्मरण गराएको छ।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, मंसिर १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्