प्रधानमन्त्री ओली लुम्बिनीमा, बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका थिए।
रुपन्देही, मंसिर १४ : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभगाी हुने प्रधानमन्त्री ओलीसँगै शुक्रबार दिउँसो गौतमबुद्ध विमानस्थल पुगेका हुन्।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका थिए।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई पनि लुम्बिनी पुगेका छन्।
कार्यक्रममा २८९ जना विद्यार्थी दीक्षित हुनेछन्।
प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












