Kathmandu Press

लकडाउनमा रंगकर्मीलाई राहत प्रदान गर्दै नाट्यकर्मी महासंघ

काठमाडौं, वैशाख ८ : लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका रंगकर्मीलाई नाटयकर्मी महासंघ नेपालले राहत उपलब्ध गराउने भएको छ।

महासंघले विज्ञप्....

लकडाउनमा रंगकर्मीलाई राहत प्रदान गर्दै नाट्यकर्मी महासंघ

काठमाडौं, वैशाख ८ : लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका रंगकर्मीलाई नाटयकर्मी महासंघ नेपालले राहत उपलब्ध गराउने भएको छ।

महासंघले विज्ञप्ति जारी गरि रंगकर्मीलाई राहत उपलब्ध गराउन लागेको जनाएको छ। लकडाउनको चपेटाले सबैलाई सताइरहेको वेला दैनिक र कार्यक्रममा आयस्रोत आधारित भएका कलाकारलाई झन समस्या भएको र यसमा महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

महासंघले स्थानीय राहत वितरण समितिसँग समन्वय गरी राहत दिन लागेको हो। यसका लागि वैशाख १० गतेभित्र नाम टिपाउन रंगकर्मीलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्