Kathmandu Press

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन्।
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

काठमाडौं, मंसिर १२ : सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ। 

त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन्।

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ। 

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
 
प्रकाशित मिति: १०:३१ बजे, बुधबार, मंसिर १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्