एनपिएलको उत्कृष्ट खेलाडीले कार पाउने
मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप शारडा समूहले कार प्रदान गर्ने भएको छ।काठमाडौं, मंसिर ११ : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को उत्कृष्ट खेलाडीले कार पाउने भएका छन्।
मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप शारडा समूहले कार प्रदान गर्ने भएको छ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक र क्यानको संयुक्त पहलमा पुरस्कार घोषणा गरिएको हो। विदेशी खेलाडी उत्कृष्ट भएमा उनीहरूलाई अन्य पुरस्कार दिइन् र कार उत्कृष्ट नेपाली खेलाडीलाई दिइन् बताइएको छ।
यस सम्बन्धी सम्झौता पत्रमामा ब्रान्ड डिजिटल लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे।
ब्रान्ड लजिकका सिईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’ का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताए।
एसपिजि अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ले एनपिएललाई सह प्रायोजन गरेको छ।