चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रह
उनीहरुले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको विषयमा चीन सरकारसँग सहमति गर्न सुझव दिएका थिए ।काठमाडौं, मंसिर ११ : नेपाल कम्युनिस्ट पार्टीले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसँग नडराउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई भेटेर यस्तो आग्रह गरेका हुन्।
भेटमा उनीहरूल प्रधानमन्त्री ओलीलाई आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए।
उनीहरुले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको विषयमा चीन सरकारसँग सहमति गर्न सुझव दिएका थिए ।
देशको स्थिति जटिल रहेको अवस्थामा अराजकता मौलाएको भन्दै त्यसको समाधान नयाँ ढंगले खोज्न उनीहरूले प्रधानमन्त्रीलाई सुझाव दिए।
भेटमा उनीहरुले सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउँदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए। उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए।