उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी
यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ।सिमकोट, मंसिर १२ । यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ।
उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो।
मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताए।
उनले उक्त निर्वाचनका लागि बाह्रवटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताए। यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने जानकारी दिए।
भोलि मङ्सिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ।
कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन्।
प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको दोस्रो जितमंगलबार, मंसिर ११, २०८१