Kathmandu Press

सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृत

सामाजिक कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आवद्ध भएका छन्।
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृत

काठमाडौं, मंसिर ११ : सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृत भएका छन्।

मंगलबार ७औं सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१,वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आवद्ध भएका छन्।

निर्देशक अधिकारीका अनुसार कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ।

कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न योजना अन्तर्गत ११ अर्ब ६२ करोड भुक्तानी गरेको छ। कोषमा योगदान रकम  ६८ अर्ब ६८ करोड संकलन भएको निर्देशक अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्