Kathmandu Press

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रमई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदान कर्तालाई उपचारमा लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन्। 
सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन्। 

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे।

Hardik ivf

प्रधानमन्त्री ओलीले एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदान कर्तालाई उपचारमा लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन्। 

उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्व प्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने बताए। 

कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवादिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो।


 

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, मंसिर ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्