दुर्गा प्रसाईंलाई सर्वोच्चबाट वीर अस्पताल फर्काइयो
साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतको आदेश अनुरुप मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो।
काठमाडौं, मंसिर ११ : सर्वोच्च अदालतमा हाजिर गराइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल फर्काइएको छ।
साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतको आदेश अनुरुप मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो।
प्रसाईंका छोरा निराजनले दिएको बन्दी प्रत्यक्षीकरणरिटमा सर्वोच्चमा प्रसाईलाई उपस्थित गराईएको थियो।
अहिले उनलाई अस्पतालमा फिर्ता लगिएको छ। प्रसाईं साइबर कसूर, सम्पत्ति शुद्धिकरण लगायत आरोपमा पक्राउ परेका थिए।
प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार