Kathmandu Press

सेयर बजार २७ सय नाघ्यो, नेप्से ३३ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६.६६ अंकमा पुगी ७ अर्ब ४४ करोडको कारोबार भएको छ। 
सेयर बजार २७ सय नाघ्यो, नेप्से ३३ अंकले वृद्धि

काठमाडौं, मंसिर ११ : मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ। नेप्से परिसूचक ३३.४१ अंक बढेर २७१६.६६ अंकमा पुगेकाे छ।

मंगबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाेछ। सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएकामा मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँकाे कारोबार भएको छ।

सोमबार २११ कम्पनीको मूल्य बढेको छ भने ३२ को घटेको छ। बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.९२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत वृद्धि भएका छन्।

सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवा खोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य वृद्धि भएको छ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य भने सबैभन्दा १० प्रतिशत घटेको छ। त्यस्तै कर्णाली विकास बैंकको मूल्य ८.४ प्रतिशत, सामुदायिक लघुवित्तको ८.१, बेस्ट फाइनान्स ६.१ प्रतिशत मूल्य घटेको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कर्णाली विकास बैंक र जानाकी फाइनान्स शिर्ष स्थानमा रहेका छन्।


 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्