‘क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक चाँडै संसदमा पेश हुन्छ’
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको कार्यक्रममा उनले क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताए।काठमाडौं, मंसिर ११ : राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पेश हुने बताएका छन्।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको कार्यक्रममा उनले क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताए।
‘नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी कानून निर्माण भइ नसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ,’ उनले भने, ‘यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु।’
सभापति खतिवडाले उनले देशका प्रत्येक उद्योगलाई अनुभूत हुने खालको कानून निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाति, पार्टी, समुदाय, नहेरी समग्र देशका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने पनि बताए।
‘सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होईन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरि यो कानून हाम्रो पक्षमा छ र हामीले कानून अनुसार काम गर्नुपर्छ भन्ने अनुभुत दिने गरि यो कानून निर्माण गर्ने पक्षमा हामी जाने छौं,’ उनले भने, ‘यसमा कुनै जाती, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानून के छ त्यसलाई हेरेर कानून निर्माण गर्छौं।’
विधेयक जस्ताको त्यस्तै पास गर्दा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै यसलाई सुधार गरेर लाने पनि उनको भनाई छ।