सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्ति गर्न परिषद बैठक

काठमाडौं, मंसिर ११ : सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा छलफल गर्न न्यायपरिषदको बैठक बसेको छ।
प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षतामा न्यायपरिषद बैठक शुरु भएको हो। अहिले सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको एजेण्डामा छलफल चलिरहेको छ।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीश, उच्च अदालतमा दुई मुख्यन्यायाधीश र १७ जना न्यायाधीशको पद रिक्त छ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको समयदेखि सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पद अझै पदपूर्ति हुन सकेको छैन।
अर्को सातादेखि परिषद सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिँदै छ। श्रेष्ठ सदस्य रहँदै नियुक्तिको तयारी गरिएको छ।
प्रकाशित मिति: १४:३० बजे, मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












