सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्री पौडेल
मंगलबार काठमाडौंमा ७औं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यतथा जनसंख्या मन्त्री प्रदिपपौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी रहेको बताए।काठमाडौं, मंसिर ११ : स्वास्थ्यतथा जनसंख्या मन्त्री प्रदिपपौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी भएको बताएका छन्।
मंगलबार काठमाडौंमा ७औं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी रहेको बताए।
मन्त्री पौडेलले भने-‘नेपालको संविधानको मौलिक हक अन्तरगत धारा ३४ मा श्रमको हक उल्लेख गरिएको छ। संविधानमा रहेको प्रतिवद्धता नेपाल सरकारका लागि बाध्यात्मक निर्देशन हो यसै अनुसार श्रमिकको हित अभिवृद्धि गर्नका लागि क्रियाशील छौं। यसमा सहकार्य गर्ने प्रतिबद्धता गरौं भनेर आग्रह गर्न चाहन्छु।’
उनले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई श्रमिक ऐनले नसमेटेको भन्दै यसलाई राज्यले उच्च प्राथमिकताका साथ समेट्न आवश्यक रहेको बताए।
उनले भने-‘अनौपचारिक क्षेत्रमा कार्यरत जस्तै घरेलु कामदार, इटा भट्टामा काम गर्ने श्रमिक, मकै पोल्ने, सवारी साधनका सहचालक, निर्माण क्षेत्रका श्रमिक आदीलाई श्रमिक ऐनले अझै पनि समेट्न सकेको अवस्था छैन्। जो कमजोर छ उसलाई राज्यले उच्च प्राथमिकताका साथ समेट्न आवश्यक देखिन्छ तसर्थ यसलाई ऐनमा नै समेटेर अगाडी बढ्नुपर्छ।’
यसको साथै नागरिकलाई दिने सेवालाई एकिकृत गरेर प्रभावकारी तरिकाबाट धेरै सुविधा दिने तर्फ ध्यान दिनु पर्ने भन्दै भाषण गरेका कुराहरु कार्यान्वयन गर्न नसकेको बताए।
उनले भने-‘लोकतन्त्र र समाजवाद भनेको अनुभूतिमा बदल्नुपर्छ। अहिले हामीले भनेका लोकतन्त्र र समाजवादलाई अनुभूतिमा बदल्न सकेका छैनौं। त्यस कारण सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ।’
संविधानमा भएका कुरा र राजनीतिक दलबाट भएका निर्णयहरु कार्यान्वयन गर्न नसकेको मन्त्री पौडेलको भनाई थियो।