Kathmandu Press

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो  

सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियाे।
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो  
फाइल तस्बिर।

काठमाडौं, मंसिर ११ : विद्युतीय कारोबार, सम्पत्ति शुद्धीकरणसहितको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। 

प्रसाईंको रिहाइको माग राखेर छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। 

सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको हो। 

आफ्ना बाबुंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै रिटमा थुनामुक्तिको माग गरिएको छ। प्रसाईंलाई थुनामुक्ति गर्नेनगर्ने बिषयमा सर्वोच्चबाट निर्णय आउने छ। 
 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, मंसिर ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्