सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए।
गण्डकी, ११ मंसिर : पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ।
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए।
रसुवा कन्स्ट्रक्सन निर्माण कम्पनीले गत वर्षको असाजेदेखि पुल निर्माण कार्य सुरु गरेको थियो। दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ।
तीनतिर टावरको काम सुरु भइसकेको र चालु आथिएक वर्ष भित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको इन्जिनियर नेपालले बताए। उनले भने–‘जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ।’
चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने इन्जिनियर नेपालले बताए।
एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभाग मार्फत उक्त पुल बन्न निर्माण सुरु गरिएको हो। भ्याटबाहेक ९४ करोडको लागतमा पुलको निर्माणका लागी उक्त निमार्ण कम्पनीले ठेक्का लिएको हो।
फलामको प्रयोग हुने जनाइएको उक्त पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो। निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ।












