सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेको आरोपमा बिनु यादव पक्राउ
मंगलबार पठाओमा आएर बिनुले सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको छ। लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं, मंसिर ११ : प्रहरीले सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेको आरोपमा बिनु यादवलाई नियन्त्रणमा लिएको छ।
मंगलबार पठाओमा आएर बिनुले सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको छ। लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
आफू घरेलु हिंसा पीडित भएको बताउँदै विनु लामो समयदेखि न्याय मागिरहेकी छिन्।
अदालतले रामेछापका एक युवकसँग विनुको सम्बन्ध विच्छेदको फैसला गरेपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन्।
प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार