Kathmandu Press

यार्सागुम्बा निर्यातबाट भित्रियो साढे १२ करोड

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३३४ किलो  यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ।
यार्सागुम्बा निर्यातबाट भित्रियो साढे १२ करोड

काठमाडौ, मंसिर ११ :  यार्सागुम्बा निर्यातबाट हुँदा साढे १२ करोड भित्रिएको छ।  

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३३४ किलो  यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ।

हङकङमा सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा निर्यात भएको छ। त्यसैगरी दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रोमा १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ। 

यसैगरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो सिंगापुर, ८३ लाख ६० हजार रुपैयाँको १४ किलो अमेरिका, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, १९ लाख ९८ हजार  रुपैयाँ बराबरको १८ किलो बेलायत र ३ लाख ३५ हजार रुपैयाँ बराबरको यार्सागुम्बा जापान निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्