Kathmandu Press

सुनको मूल्य २६ सय घट्यो

सरकारले सुनमा लगाउँदै आएको भन्सार २० बाट १० प्रतिशत बनाएपछि नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट गएको छ। सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो। 
सुनको मूल्य २६ सय घट्यो

काठमाडौं, मंसिर ११ : नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको छ। 

सरकारले सुनमा लगाउँदै आएको भन्सार २० बाट १० प्रतिशत बनाएपछि नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट गएको छ। सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। 

कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घरेर १८२० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, मंसिर ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्