Kathmandu Press

मंसिर १४ र १५ गते ‘गण्डकी प्रदेश युवा सम्मेलन’ हुँदैं, ३०० वढी युवा भेला हुँदैं 

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम) मा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ । 
मंसिर १४ र १५ गते ‘गण्डकी प्रदेश युवा सम्मेलन’ हुँदैं, ३०० वढी युवा भेला हुँदैं 

काठमाडौं, मंसिर १० : नेपाल युवा परिषद्को आयोजनामा पर्यटकीय नगरी पोखरामा ‘गण्डकी प्रदेश युवा सम्मेलन’ को आयोजना हुने भएको छ । नेपाल युवा परिषद्को आयोजनामा पोखरामा आगामी मंसिर १४ र १५ गते ‘प्रदेश युवा सम्मेलन’ हुन लागेको हो । 

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम) मा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ । हरेक प्रदेशका ३०० जना भन्दा बढी युवाहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको थियो । गण्डकी प्रदेशको युवा सम्मेलनमा प्रदेशभित्रका विभिन्न जिल्लाका ३०० वढी युवाको सहभागीता रहने नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले काठमाडौं प्रेसलाई बताए । 

तीनै तह अहिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको कुरा बानियाँले बताए।  

अध्यक्ष बानियाँले सन् २०२५ लाई ‘राष्ट्रिय युवा वर्ष २०२५’ घोषणा गरी ७ प्रदेश र ७७ वटै जिल्लाका हजारौं युवाहरुलाई समेटेर, सिपमूलक तालिम, जनचेतनामूलक तालिम, प्रविधिमूलक सेमिनार, बित्तिय साक्षरता सम्बन्धी तालिम, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम लगायत विविध कार्य गर्दै नेपाली युवाहरुलाई नेपालमा नै सम्भावना देखाई नेपालमा नै युवाहरुलाई काम गर्न सक्ने वातावरण बनाउनु पर्छ पछि बिभिन्न तह र तप्कामा पैरवी र आवाज उठाउँदै आएका छन्। 

गण्डकी प्रदेश युवा सम्मेलनको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहनेछन् भने समापन समारोहमा प्रदेशका सामाजिक बिकासमन्त्री बिन्दुकुमार थापा रहने आयोजकले जनाएको छ । यसबाहेक गण्डकी पोखरा महानगरका मेयर धनराज आचार्य प्रदेश योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटा, गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायतको सहभागीता रहनेछ । 

कार्यक्रमको सहयोगी संस्था एनसेल फाउण्डेसन रहेको छ भने पोखरा महानगरपालिकाले सहयोग गरेको छ । यस्तै पोखरा नगर युवा परिषद्, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय युवा क्लव सञ्जाल गण्डकी प्रदेश, पोखरा रिसर्च सेन्टर, खल्ती लगायतका संस्थाले पनि सहयोग गरेका छन् । 

युवालाई प्रोत्साहनका लागि ‘आईकन अफ प्रदेश’ 

परिषद्ले सबै प्रदेशमा त्यस प्रदेशमा जन्मिएर हुर्किएर बिभिन्न क्षेत्रहरुमा क्रियाशिल भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने  १०/१० जनालाई हरेक प्रदेशमा  ‘आईकन अफ प्रदेश’ को अवार्डबाट सम्मान गर्दै आएको छ । यो आईकन अफ प्रदेशबाट प्रत्येक प्रदेशमा १०, १० जना युवा सम्मानित भईसकेका छन् भने गण्डकी प्रदेशमा उत्कृष्ट १० जनाले उक्त अवार्ड प्राप्त गर्ने छन् । 

‘आईकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रतिनिधि, सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका छन् । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेश गर्नेछ । 

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्