शारिरीक अशक्त, सहयोगी नभएका र बृद्धहरुलाई इन्टरनेटको भुक्तानीमा सुविधा
काठमाडौं, वैशाख ७ : इन्टरनेट सेवा प्रदायक संघले शारिरीक हिसावले अशक्त, घरमा कुनै सहयोगी नभएका र बृद्धहरुलाई लकडाउनको अवधिभरी भुक्तानी नभएपनि सेवा....

काठमाडौं, वैशाख ७ : इन्टरनेट सेवा प्रदायक संघले शारिरीक हिसावले अशक्त, घरमा कुनै सहयोगी नभएका र बृद्धहरुलाई लकडाउनको अवधिभरी भुक्तानी नभएपनि सेवा सुचारु राख्ने भएको छ।
संघले आईतबार नेपाल दुरसंचार प्राधिकरणलाई पत्र लेख्दै अहिलेको विसम परिस्थितिमा मानिसको आधारभुत आवस्यकताको रुपमा रहेको इन्टरनेट सेवामो कुनै अवरोध आउन नदिने जनाएको छ।
यसअघि प्राधिकरणले इन्टरनेट सेवामा कुनै अवरोध नहुने गरी लकडाउनमा पनि सुचारु राख्ने आग्रह गरेको थियो। ‘प्राधिकरबाट जारी सूचनालाई यस संस्थाले आत्मसाथ गर्दै यस संस्थासंग आवद्ध सेवा प्रदायकहरूले शाररिक हिसाबले पूर्ण रुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका बृद्ध ग्राहकहरुका हकमा हामी सेवा प्रदायकहरूले उक्त सूचनामा उल्लेख भए सरह नै बिना भुक्तानी सेवाको निरन्तरता गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छौ’ संघका अध्यक्ष भोजराज भट्टले लेखेको पत्रमा भनिएको छ, ‘हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्ने र इन्टरनेट सेवा पनि सो अत्यावश्यक सेवा भित्र पर्ने हुदा सो सेवा निरन्तर प्रवाहित रही रहनु पर्ने दायित्व हामी सेवा प्रदायकहरुको पनि हुदा यस प्रति हामी आफै सजक र पूर्ण जिम्मेवार छौ, साथै यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै निरन्तर सेवा प्रवाह गरेर देशका नागारिकहरुलाई सूचना प्रवाहित हुनबाट बन्चित रहनु नपरोस भनि हामी सेवा प्रदायकहरू हाम्रो सामर्थ्यले भ्याएसम्म सरकार र राज्यको पूर्ण सारथि भएर काम गरिनै रहेका छौ ।’
संघले अहिलेको लकडाउनमा पनि नियमित सेवा दिन सक्नु इन्टरनेट कम्पनीहरुको ठूलो चुनौती पार गरिरहेको पनि पत्रमा उल्लेख गरेको छ। ‘आममानिसहरु घरमै बसिरहन पुगेका छन् ्र अहिलेको यस्तो विषम परिस्थितिमा यथार्थपरक सूचनाहरुको सम्बाहन, सिकाइका अवसरहरु, घरबाट नै गर्नु पर्ने कार्यहरु, बिभिन्न किसिमका बैठकहरु, मनोरन्जनात्मक सामग्री लगायत समय व्यतित गर्न सम्भव बनाउने एकमात्र माध्यम इन्टरनेट सेवा नै भइरहेको छ । यसकारण इन्टरनेट सेवाको महत्व र आवस्यकता अझै बढ्न गएको छ’ विज्ञप्तिमा भनिउको छ, ‘यस्तो परिस्थितिमा पनि निरन्तर सेवा प्रवाह गर्न सक्नु नै सबैभन्दा ठुलो चुनौती भएको छ्र हामी सेवा प्रदायकहरूले बिभिन्न किसिमका चुनौतीका बिचमा निरन्तर सेवा प्रदान गरिरहनु पर्ने बाध्यात्मक मात्र नभएर राज्य र जनताको हामी सेवा प्रदायकहरू प्रतिको अटुट स्नेहलाई अझ मजबुत गर्नु पर्ने गहिरो जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ’ पत्रमा भनिएको छ।
बन्दाबंदीको यस समयमा इन्टरनेट को खपत अत्यधिक बढेको अवस्थामा सो को आर्थिक भार पनि सेवा प्रदायकहरुमा पर्न गएको उल्लेख गर्दै संघले भनेको छ, ‘ग्राहकबर्गलाई अटुट रुपमा सेवा प्रवाह गरिरहन अहोरात्र खटिरहने हामी सेवा प्रदायकहरुका सम्पूर्ण कर्मचारीहरुको मासिक भुक्तानी दिन समेत् समस्या सिर्जना भएको छ’ पत्रमा भनिएको छ, ‘यसकारण निरन्तर सेवा प्रवाह गराईरहनसकौ भन्ने हेतुले हामी सम्पूर्ण सेवा प्रदायकहरू डिजिटल भुक्तानीका माध्यममा पहिले देखि नै जोडीसकिएका हुदा माथि उल्लेखित शाररिक हिसाबले पूर्ण रुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका बृद्ध घरायसी ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकबर्गज्यूहरुलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्नुहुन अनुरोध गर्दछौ ।’










-1754206481.jpg)
