रुकुम पश्चिममा छोराद्वारा आफ्नै बुबाको हत्या
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय आफ्नै बुबा दर्वे खत्रीको हत्या गरेका हुन्।
रुकुम पश्चिम, मंसिर १० : रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन्।
जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय आफ्नै बुबा दर्वे खत्रीको हत्या गरेका हुन्।
आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
प्रहरी निरीक्षक पाठकका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन्। फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।
प्रकाशित मिति: १२:५४ बजे, सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












