Kathmandu Press

क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्‌जाले गर्‍यो गदसहित सम्मान

विश्वकप खेल्ने इतिहास रचेको भन्दै क्रिकेटरसहित उनीहरूका संस्थालाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति राजु थापाले तीन खेलाडीसहित जिल्ला क्रिकेट सघ स्याङ्जालाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन्।
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्‌जाले गर्‍यो गदसहित सम्मान

काठमाडौं, मंसिर ९ : नेपाली काग्रेस स्याङ्‌जाले विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका तीन जनालाई नगदसहित सम्मान गरेको छ।

विश्वकप खेल्ने इतिहास रचेको भन्दै क्रिकेटरसहित उनीहरूका संस्थालाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति राजु थापाले तीन खेलाडीसहित जिल्ला क्रिकेट सघ स्याङ्जालाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन्। खेलाडीहरुलाई जनही १५ हजारसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्‌जालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको छ।

सम्मानित हुनेमा पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा रहेका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति एवं संघीय सांसद थापाले खेलाडीहरू राष्ट्रका गौरब र गहना भएको बताए।

युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु(१९ टी(२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाएको थियो । यसअघि उनीहरुलाई अर्जुनचौपारी गाउँपालिका र खुमा अर्याल फाउण्डेसन लगायतका सस्थाले सम्मान गरिसकेका छन्।
 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्