Kathmandu Press

सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो 

आइतबार सुनको मुल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो 

काठमाडौं, मंसिर ९ : नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ।

यसअघि प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो।

आइतबार सुनको मुल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आइतबार प्रतितोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:४१ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्