बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए ।दमौली, मंसिर ९ : बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए ।
दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उनले बताए ।
गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा उनीजस्ता धेरैको खाँचो रहेको बताए ।
प्रकाशित मिति: ०८:२९ बजे, आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैआइतबार, मंसिर ९, २०८१
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माणआइतबार, मंसिर ९, २०८१
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१