Kathmandu Press

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो।
महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

महोतरी, मंसिर ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। 

सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए।

उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्दामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित नायव सुब्बा यादवलाई पक्राउ गरेको हो। 
 
प्रकाशित मिति: ११:४० बजे, शनिबार, मंसिर ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्