Kathmandu Press

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइते

बसमा ३२ जना सवार थिए।
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइते

दैलेख, मंसिर ७ । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

जुम्लाबाट टीकापुर गइरहेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए।

घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ।

बसमा ३२ जना सवार थिए।

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्