लकडाउनपछि रोबोटले लिनेछ मानिसको स्थान
काठमाडौं, वैशाख ७ : महामारीको चपेटामा आएपछि विश्वले मानिसका लागि आउने अर्को एक खतराका बारेमा सोचेको छैन। त्यो खतरा हो, कोरोना भाइरसको संकटप....
काठमाडौं, वैशाख ७ : महामारीको चपेटामा आएपछि विश्वले मानिसका लागि आउने अर्को एक खतराका बारेमा सोचेको छैन। त्यो खतरा हो, कोरोना भाइरसको संकटपछि विश्वमा तीव्ररुपले भएको रोबोटको उदय।
विश्लेषकहरुले राम्रो होस् वा नराम्रो तर धेरै प्रकारका काममा अब रोबोटले मानिसको स्थान लिने दाबी गरेका छन्। कोरोना भाइरसबाट पैदा भएको संकटले विश्वलाई यो दिशामा धकेल्न प्ररित गर्ने उनीहरुको भनाइ छ। फ्युचरिस्ट मार्टिन फोर्ड भन्छन्, ‘मानिसले सामान्यतया भनेको सुनिन्छ की उनीहरु कुनै पनि गतिविधिमा मानिसको सहभागिता चाहन्छन्।
तर कोभिड–१९ को असरले यसलाई बदलिदिएको छ।’ आगामी दिनमा कसरीले रोबोट अर्थव्यवस्थाको एक महत्वपूर्ण हिस्सा हुने छ? मार्टिन फोर्डले यसबारेमा लेखेका छन्। उनी भन्छन्, ‘कोभिड–१९ को असरले उपभोक्ताको प्राथमिकता बदलिरहेको छ र अटोमेशनका लागि नयाँ अवसर खोल्न गइरहेको छ।’
साना–ठूला सबै कम्पनीले सोशल डिस्टेन्सिङको पालना गर्नका लागि रोबटको प्रयोग गरिरहेका छन् र कर्मचारी कम गरिरहेका छन्। अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले सफाई गर्नका लागि रोबोटको प्रयोग गरिरहेको छ। दक्षिण कोरियामा तापक्रम लिने र स्यानिटाइजर बाँड्नका लागि रोबोटको प्रयोग भइरहेको छ। हेल्थ एक्सपर्टस्ले चेतावनी दिएका छन् की २०२१ सम्म काम गर्ने ठाँउमा सोसल डिस्टेन्सिङ अपनाउनुपर्ने हुन सक्छ। यस्तो भएमा रोबोटको काम बढ्नेछ।
सरसफाइ र स्यानिटाइज गर्ने वस्तु उत्पादन गर्ने कम्पनीको समेत माग बढेको छ। अल्ट्रावाइलेट लाइट रोबट बनाउने डेनमार्कको कम्पनी यूवीडी रोबटले चीन र यूरोपमा सयौं मेसिन पठाएको छ। किराना पसल र होमडेलिभरी गर्नका लागि समेत रोबोटको प्रयोग भइरहेको छ। विश्लेषकहरुका अनुसार जसरी लकडाउन सकिन्छ र बजार खुल्न सुरु हुन्छ। त्यसरी नै हामीले यस्ता प्रविधीको प्रयोग ज्यादा भएको देख्न पाउनेछन्। हुन सक्छ की स्कुल र कलेजमा सफाईको काम समेत रोबोटले नै गर्न सक्छ।
द कस्टमर अफ द फ्युचर किताब लेखेका ब्लेक मार्गन भन्छन्, ‘ग्राहक आफ्नो सुरक्षाको ध्यान धेरै गरिरहेको छ। उसले काम गर्नेहरुको स्वास्थ्यको बारेमा समेत सोचिरहेको छ। अटोमेसनले यी सबैलाई स्वस्थ राख्न सक्छ। ग्राहकले यस्तो गर्ने कम्पनीको सराहना समेत गर्नेछन्।’
यद्यपी मागर्न यसको सिमामा समेत ध्यान दिनुपर्ने बताउँछन्। ‘अटोमेसनले रिटेल मार्केटमा मानिसको भूमिकालाई कम गरेपनि केही यस्ता काम हुन्छन्, जसमा रोबोट सायद सफल हुँदैन,’ उनी भन्छन्। टुट्ने फुट्ने खतरा भएको काममा ग्राहकले सेवा लिन चाहाने तर, मानिसमै भरोसा गर्ने अवस्थासमेत रहने उनको भनाइ छ।
फुड सर्भिस पनि एक यस्तो क्षेत्र हो, जहाँ स्वास्थ्यसँग जोडिएको चिन्ता कारण रोबोटको प्रयोग बढ्ने सम्भावना छ। म्याक डोनाल्ड जस्तो फुड कम्पनीले खाना पकाउने र त्यसलाई सर्व गर्ने काममा रोबोटको प्रयोगको परीक्षण गरिरहेको छ। अमेजन र वालमार्टको गोदाममा पहिलेदेखि नै रोबोटको प्रयोग भइरहेको छ। अब कोरोनाका कारण दुवै कम्पनीले सामानको प्याकेजिङ र त्यसलाई डेलिभरी गर्न रोबोटको प्रयोग गर्ने बारेमा विचार गरिरहेका छन्। यसले धेरै मानिसको रोजगारी गुम्ने खतरा समेत छ।
एकपटक जहाँ कामदारको ठाँउ दिन रोबोट सफल हुन्छ, तब यसको सम्भावना सायद कम्पनीले फेरी त्यो ठाँउमा कसैलाई नियुक्त गर्ने सम्भावना रहँदैन। रोबोटलाई बनाउने र त्यसको व्यापारिक प्रयोग गर्नमा खर्च धेरै हुन्छ। तर, जसरी एकपटक रोबोट तयार हुन्छ र उसलाई कम गर्न थालिन्छ, तब रोबोट मानव श्रम भन्दा सस्तो समेत हुन्छ। मार्टिन फोर्टका अनुसार कोरोनापछि रोबोटको प्रयोग बजारका लागि फाइदाजनक सावित हुनेछ। उनी भन्छन्, ‘मानिस जहाँ जान मन पराउँछन्, त्यहाँ मानिस कम र मेसिन ज्यादा हुन्छन्। किनकी त्यहाँ जोखिम कम महसुस हुन्छ।’
के मानिस बराबार हुन्छ रोबोट?
आर्टिफिसियल इन्टलिजेन्स यसरी विकसित भइरेको छ, जो स्कुल पढाउने शिक्षक, फिटनेश ट्रेनर र वित्तिय मामलामा सल्लाह दिनेहरुको ठाँउ समेत लिन सक्छ। प्रविधी क्षेत्रका ठूला कम्पनीले आर्टिफिसियल इन्टलिजेन्सको प्रयोग बढाइरहेका छन्। फेसबुक र गुगल जस्ता कम्पनी समेत कुनै गलत पोस्टलाई हटाउनका लागि आर्टिफिसियल इन्टलिजेन्सको सहयोग लिइरहेका छन्।
रोबोटको सम्भावनालाई लिएर संशय व्यक्त गर्ने मानिसहरुले रोबोट भन्दा मानिस नै उपर्युक्त भएको बताइरहेका छन्। तर, यो तस्वीर परिवर्तन हुन सक्छ, किनकी लकडाउनका कारण मानिसमा घरमा बसेर सुविधा लिने र ज्यादा आराम गर्ने बानी परिसकेको हुनेछ। विशेषज्ञ म्याककिन्सीले सन् २०१७ को एक रिपोर्टमा यो कुराको अनुमान लगाएका थिए की अमेरिकाका एक तिहाई कामदारले २०३० सम्म अटोमेसन र रोबोटका कारण रोजगारी गमाउने छन्।
तर महामारीमा त्यो तागत हुन्छ की उसले समयको सबै तयभएका सिमालाई बदल्न सक्छ। अब मानिसले तय गर्नुपर्ने छ की यो प्रविधीसँग दुनियाँमा कसरी तालमेल गर्ने?