Kathmandu Press

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोग विहीन

कोरोना भाईरस नियन्त्रणका लागि ५० शैयाको कोभिड विशेष अस्पताल सञ्चालन गरि दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएको भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोग विहीन बनेको छन्।
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोग विहीन

महोत्तरी, मंसिर ७ : महोत्तरीको जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक  अस्पतालमा खरिद गरिएको उपकरण प्रयोगविहीन बनेको छन्।

दुई करोड ५५ लाख ५२ हजारको लागतमा चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन हुन्। 

कोरोना भाईरस नियन्त्रणका लागि खरिद गरिएको उक्त उपकरण खरिद गरी ५० शैयाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो।

तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव भएपछि अस्पतालमा दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोग विहीन बनेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए। ‘हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेका छौं,’ उनले भने। 

जिल्लावासीले तत्कालीन अवस्थामा केही नेता र तीनका कार्यकर्तालाई कमिसन र कमाइको लागि प्रदेश सरकारले ती उपकरण किनेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, मंसिर ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्