Kathmandu Press

रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेल

‘नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ नतिजा प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ,’ उनले भने, ।
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेल

काठमाडौं, मंसिर ७ : सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। 

सार्वभौम रेटिङको नतिजाबारे जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अब नेपाललाई विदेशीबाट धेरै भन्दा धेरै पुँजी भित्र्याउन बाटो खुलेको बताए।

Hardik ivf

‘नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ नतिजा प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ,’ उनले भने।

क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून व्याजदारमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको अर्थमन्त्री पौडेलले बताए। 

यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने उनले बताए। 

यो रेटिङसँगै बैंक तथा वित्तीय संस्था र अरू संस्थानहरूले विदेशबाट ऋण ल्याउँदा लागत कम पर्नेछ। मुलुकको सार्वभौम रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने बताइएको छ। 

नेपालले पहिलो पटक प्राप्त रेटिङले मुलुकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने मद्दत पुगेको अर्थ मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्