सुनको मुल्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले वृद्धि भइ प्रतितोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, मंसिर ७ : नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो।
साताको अन्तिम कारोवार दिन शुक्रबार सुन मुल्य प्रतितोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-(55)-1765012331.jpg)





-(55)-1765012331.jpg)
-1765004362.jpeg)