Kathmandu Press

घरबाटै संसारभरका कलाकारको कन्सर्ट

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मान गर्दै शनिबार संसारभरका कलाकारले भर्चुल कन्सर्टको आयोजना गरेका छन्....

घरबाटै संसारभरका कलाकारको कन्सर्ट

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मान गर्दै शनिबार संसारभरका कलाकारले भर्चुल कन्सर्टको आयोजना गरेका छन्।

अनलाइनमार्फत गरिएको कन्सर्टमा विभिन्न देशका एक सयभन्दा बढि कलाकार सहभागी थिए। सबै जनाले आफ्नै घरमा बसेर सांगीतिक प्रस्तुति दिएका थिए।

ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनले आयोजना गरेको कार्यक्रमलाई  ‘वान वल्र्ड टुगेदर एट होम’ नाम दिइएको थियो। कार्यक्रमलाई सफल बनाउन खटिएकी गायिका लेडी गागाले बिसिसिसँग भनेकी छिन्, ‘यो कार्यक्रम केवल फन्ड संकलन गर्नको लागि मात्र गरिएकोे होइन, यो आपतकालीन समयमा फ्रन्ट लाइनमा उभिएर खटिएका स्वास्थ्यकर्मीलाई सम्मान अभिव्यक्त गर्न पनि हो।’

Hardik ivf

त्यस्तै, गायिका ऐनी लेनक्सले यो संकटसँग लड्न विश्व स्वास्थ्य संगठनको हाथ दह्रो बनाउन पनि यस्तो पहल आवश्यक भएको बताएकी छिन्।

कलाकारहरुले आठ घन्टाको प्रस्तुति दिएको कार्यक्रम अमेजन प्राइम भिडियो, ट्वीटर, इन्स्टाग्राम, फेसबुक, युटयुब, एपल म्युजिक, ट्युनइन एमल टिभीमार्फत प्रसारण गरिएको थियो।  

कार्यक्रममा कलाकार जमीला जमील, रीटा ओरा, एन्ड्रा डे, प्यूर्टो रिको, लुई फान्सी, बैन्ड द किलर्स, शैरिल क्रो, एमम लैम्बर्ट र भारतीय गायक विशाल मिश्रालगायतको सहभागिता रहेको थियो।

यस कार्यक्रमबाट संकलन भएको रकम विश्वभर फैलिदै गएको कोरोना महामारीविरुद्व लड्नको निम्ति विश्व स्वास्थ्य संगठनलाई सहयोग गरिने जनाएको छ।

 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्