Kathmandu Press

कोरोनाका कारण रद्द भयो आई लिग

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसका भारतको शीर्ष डिभिजन लिग आई लिग रद्द गरिएको छ। कोरोनाका कारण जारी लकडाउनका कारण लिगका बाँकी खेल सुरु गर्न नसकिने भन्....

कोरोनाका कारण रद्द भयो आई लिग

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसका भारतको शीर्ष डिभिजन लिग आई लिग रद्द गरिएको छ। कोरोनाका कारण जारी लकडाउनका कारण लिगका बाँकी खेल सुरु गर्न नसकिने भन्दै लिग कमिटिले लिग रद्द गर्ने निर्णय गरेको हो।

आई लिगका अब १७ खेल मात्र बाँकी थियो । कोरोनाका कारण जारी लकडाउनका कारण लिग गर्न नसकिने भन्दै आई लिगले भारतीय फुटबल संघलाई पत्र लेख्दै लिग रद्द गरेको थियो।

आई लिगले शीर्ष स्थानमा रहेको मोहन बगान क्लबलाई पनि च्याम्पियन बनाउने निर्णय पनि गरेको छ। लिग हुँदा पनि मोहन बगानले लिग जित्ने निश्चित थियो। लिगका बाँकी सबै खेलमा पराजित हुँदा पनि शीर्ष स्थानमै रहने थियो, सोही कारण मोहन बगानलाई च्याम्पियन बनाइएको हो। भारतीय फुटबलको पुरानो क्लबमध्येको एक मोहन बगानको यो दोस्रो आई लिग उपाधि हो।

लिग रोकिँदा मोहन बगाले शीर्ष स्थानमा शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको थियो। उसको  १६ खेलमा ३९ अंक छ भने दोस्रो र तेस्रो स्थानमा रहेका इस्ट बंगाल र मिनेर्वा पञ्जावको समान २३ अंक छ।

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्