Kathmandu Press

क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समा

मंसिर १५ गतेबाट सुरु हुने पहिलो संस्करणको एनपिएलका लागि लुम्बिनीले पाँचौं विदेशी खेलाडीक रुपमा जाफरलाई अनुबन्धन गरेको हो। 
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समा

काठमाडाैं, मंसिर ६ : नेपाल प्रियिमर लिग क्लब लुम्बिनी लायन्सले क्यानडाका पूर्वकप्तान तथा अलराउन्डर साद बिन जाफरलाई अनुबन्धन गरेको छ। मंसिर १५ गतेबाट सुरु हुने पहिलो संस्करणको एनपिएलका लागि लुम्बिनीले पाँचौं विदेशी खेलाडीक रुपमा जाफरलाई अनुबन्धन गरेको हो। 

यसै वर्ष भएको टि–२० विश्वकपमा जाफरकै नेतृत्वमा क्यानडाले विश्वपक खेलेको थियो। सन् २००८मा क्यानडाबाट फस्टक्लास क्रिकेटमा डेब्यू गरेका उनी त्यसयता निरन्तर क्यानडाका लागि खेलिरहेका छन्। 
उनले टि–२० अन्तर्राष्ट्रियमा ४ ओभर मेडन फ्याँक्दै कीर्तिमान बनाएका थिए। उनले सन् २०२१ पानामाविरुद्ध ४ ओाभरमा मेडन फ्याँक्दै २ विकेट लिएका थिए। उनको यो कीर्तिमान न्यूजिल्यान्डका लकी फर्गुसन र हङकङका आयुश शुक्लाले बराबरी गरेका थिए। 

Hardik ivf

लुम्बिनीमा आबद्ध भएपछि जाफरले आफू उत्साहित भएके बताएका छन्। उनले आफ्नो अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउन चाहेको बताएका छन्। 

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा आफ्नो खुसी व्यक्त गरेका छन्। जाफरको अलराउन्ड क्षमता र कप्तानीको अनुभवले लुम्बिनीलाई बलियो बनाउने उनले बताए। 

एनपिएलका लागि लुम्बिनीले जाफरसँगै अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, इंग्लिस ब्याट्सम्यान टम मोरेस, भारतीय मुलका अमेरिकी ब्याट्सम्यान उन्मुक्त चन्द र वेस्टइन्डिजका युवा बलर रामोन सिमन्ड्सलाई अनुबन्धन गरेको छ।

लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस छन् भने उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा शक्ति गौचनले सघाउने छन्। टिमको ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल छन्।

मंसिर १५ गतेबाट सुरु हुने लिगमा लुम्बिनीले पहिलो खेल मंसिर १९ मा विराटनगर किङ्ससँग खेल्ने छ। 
 

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्