सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले घट्यो
बिहिबार नेप्से परिसूचक ३१.३१ अंकलेघटेर २६८०.४४ विन्दुमा झरेको हो।काठमाडौं, मंसिर ६ : साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा गिरावट आएको छ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१.३१ अंकलेघटेर २६८०.४४ विन्दुमा झरेको हो।
बिहिबार सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुदाँ ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कुल २४४ वटा कम्पनी मध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ।
सेयर बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुखुरामा गम्बोरो रोगको समस्याबिहीबार, मंसिर ६, २०८१
१७ प्रतिशतले बढ्याे राजस्व संकलनबिहीबार, मंसिर ६, २०८१
सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले घट्योबिहीबार, मंसिर ६, २०८१
सुनको मुल्य बढ्यो, तोलाको १ लाख ६४ हजार पुग्यो बिहीबार, मंसिर ६, २०८१