सुनको मुल्य बढ्यो, तोलाको १ लाख ६४ हजार पुग्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एक हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको हो।
काठमाडौं, मंसिर ६ : सुनको मूल्य फेरि निरन्तर उकालाे लागिरहेको छ।
बुधबार १ लाख ६३ हजार प्रतिताेलामा काराेबार भएकाे सुनकाे मूल्य बिहीबार प्रतिताेला एक हजार रुपैयाँ १ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
बुधबार सुनकाे मूल्य प्रतिताेला ९ सय रूपैयाँ बढेकाे थियाे।
नेपाली बजारमा बिहीबार चाँदीको मूल्य भने भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












