Kathmandu Press

कालोसूचीको नयाँ व्यवस्थामा राष्ट्रबैंकले माग्यो सरोकारवालासँग राय

बैंकले (क) (ख) र (ग) वर्गका अनुमतिपत्रप्राप्त संस्थाहरुका लागि कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्थामा राय मागेको हो। 
कालोसूचीको नयाँ व्यवस्थामा राष्ट्रबैंकले माग्यो सरोकारवालासँग राय

काठमाडौं, मंसिर ५ : नेपाल राष्ट्र बैंकले कर्जा सूचनासम्बन्धी नयाँ व्यवस्थासहितको मस्यौदा तयार पार्दै सरोकारवालासँग राय मागेको छ। 

बैंकले (क) (ख) र (ग) वर्गका अनुमतिपत्रप्राप्त संस्थाहरुका लागि कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्थामा राय मागेको हो। 

राष्ट्र बैंकले तय गरेको मस्यौदामा बैंक तथा वित्तीय संस्थाहरुले चेक अनादरलाई कालोसूचीमा नराखी ‘डिफल्टर’ को सूचीमा राख्ने नयाँ व्यवस्था छ। उक्त प्रस्तावित व्यवस्थासहितको मस्यौदालाई लिएर सरोकारवालालाई राय उपलब्ध गराउन भनिएको छ। 

मस्यौदामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नतिर्ने ऋणीहरुलाई तीन वर्गमा वर्गीकरण गरेर कालोसूचीमा राख्नका लागि सिफारिस गर्नसक्ने व्यवस्था छ। 

बैंक तथा वित्तीय संस्थाहरु स्वयम्ले जाँचबुझ गरेर चेक जारी गर्नेलाई ‘डिफल्टर’ को सूचीमा नराख्नसकिने गरी सुविधा पनि दिइएको छ। 
 
प्रकाशित मिति: १६:१६ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्