Kathmandu Press

सिरी ए क्लब ब्रेसियाका अध्यक्षलाई कोरोना

काठमाडौं, वैशाख ७ : इटालियन सिरि ए क्लब ब्रेसियाका अध्यक्ष मासिमो सेलिनोलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो पटक गरिएको परीक्षणमा सेलिनोमा कोरोन....

सिरी ए क्लब ब्रेसियाका अध्यक्षलाई कोरोना

काठमाडौं, वैशाख ७ : इटालियन सिरि ए क्लब ब्रेसियाका अध्यक्ष मासिमो सेलिनोलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो पटक गरिएको परीक्षणमा सेलिनोमा कोरोना भाइरस पोजेटिभ देखिएको जनाएको छ।

इटालीमा ब्रोसियाकै लोम्बार्डीबाट कोरोनाभाइरस सुरु भएको थियो। पछिल्लो हप्ता लोम्बार्डीमा कोरोना परीक्षण तिब्र रुपमा गरिएको थियो। त्यहि क्रममा सेलिनोको पनि परीक्षण गरिएको थियो। लोम्बार्डीमा लक्षण नदेखिएका धेरै मानिसमा कोरोना संक्रमण पाइएको छ।

इंग्लिस क्लब लिड्स युनाइटेडका समेत पूर्वअध्यक्ष सेलिनोले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। ‘दुई हप्ता क्वारेन्टाइनमा बसेपछि हस्पिटल गएर कोरोना परीक्षण गराएँ, नतिजा पोजेटिभ आयो। मेरो छोरीमा कोरोना संक्रमण देखिएको छ, तर छोरामा भने संक्रमण देखिएन,’ उनले भनेका छन्, ‘पछिल्लो केही दिन यता एकदमै थाकेको महसुु गरिरहेको थिएँ। हड्डीमा दुखाई महसुश भएको थियो। त्यसैले परीक्षणका लागि अस्पताल गएँ।’

कोरोनाको त्रासका कारण सिरि ए अनिश्चितकालका लागि स्थगित छ। कहिले सुरु हुने भन्ने अझै टुंगो लागेको छैन। सेलिनोको क्बल ब्रेसिया रेलिगेसन जोनमा छ। २६ खेलमा १६ अंक जोड्दै ब्रेसिया तालिकाको पुछारमा छ।

इटाली युरोपको सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो। इटालीमा एक लाख ७५ हजारभन्दाबढी मासिन कोरोना संक्रमित छन् भने २३ हजारभन्दा बढीले ज्यान गुमाइसेकका छन्।

 

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्