Kathmandu Press

कर्णाली याक्सकाे आइकोनिक प्लेयर बने विपिन

कर्णाली याक्सले  सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्येबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो।
कर्णाली याक्सकाे आइकोनिक प्लेयर बने विपिन

काठमाडाैं, मंसिर ५ : कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट नेपाल प्रिमियर लिगका लागि विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ।

कर्णाली याक्सले  सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्येबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो।

आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन्।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले बताएको छ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो।

यस्तै, टिममा वेष्ट इन्डिजका चादविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले पनि छन्।

कर्णालीमा गुल्शन झा, देव खनाल, अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्कीलगायत खेलाडी पनि छन्।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ । प्रतियोगितामा कर्णालीले पहिलो खेल डिसेम्बर २मा जनकपुर बोल्ट्ससँग खेल्नेछ।

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, मंसिर ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्