विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई हरायो
बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले पराजित गरेको हो ।काठमाडौं, मंसिर ५ : फिफा विश्वकप-२०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा मार्टिनेजले गरेको गोल निर्णायक साबित भयो। उनले खेलको ५५ मिनेटमा गोल गरेका थिए। अघिल्लो खेलमा पाराग्वेसँग पराजित भएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ।
अर्जेन्टिनाको १२ खेलबाट २५ अङ्क छ। दशौँ स्थानको पेरुले सात अंक मात्र जोड्न सकेको छ।
प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णाली याक्सकाे आइकोनिक प्लेयर बने विपिनबुधबार, मंसिर ५, २०८१
दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिलबुधबार, मंसिर ५, २०८१
विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई हरायो बुधबार, मंसिर ५, २०८१
यूईएफए नेशन्स लिग : जर्मनी र हंगेरी तथा नेदरल्यान्ड्स र बोस्नियाले बराबरी खेलेबुधबार, मंसिर ५, २०८१