Kathmandu Press

नशामुक्त नेपाल घोषणाका लागि दबाब दिन भगवती मानव कल्याण स‌ंगठनले पदयात्रा गर्ने

पदयात्राको माध्यमबाट स्थानीय प्रदेश र संघ तिनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन गराउँदै देशलाई नशामुक्त घोषित गर्न खबरदारी गर्ने सो स‌ंगठनका सचिव बिपी कोइरालाले जानकारी दिए।
नशामुक्त नेपाल घोषणाका लागि दबाब दिन भगवती मानव कल्याण स‌ंगठनले पदयात्रा गर्ने

काठमाडौं, म‌ंसिर ४ : भगवती मानव कल्याण सङ्गठन नेपालले नशामुक्त समाज जनजागरण पदयात्राको तयारी पूरा गरेको छ। नशामुक्त नेपाल-समृद्ध नेपालको मूल नारासहित संगठनले काठमाडौं उपत्यकास्तरीय पदयात्रा आयोजना गर्न लागेको हो।

नशामुक्त नेपालका लागि हस्ताक्षर संकलन अभियान पनि सुरु गरिसकेको संगठनले जनाएको छ। पदयात्रा ललितपुरको मंगलबजार पाटन दरबार स्क्वायरस्थित कृष्णमन्दिरबाट शुभारम्भ हुनेछ र कृष्णमन्दिरबाट प्रभात मावि त्यागल महाबौद्ध मन्दिरलगायत विभिन्न क्षेत्र हुँदै पुनः पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमै पुगेर समापन हुनेछ।

Hardik ivf

पदयात्राको माध्यमबाट स्थानीय प्रदेश र संघ तिनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन गराउँदै देशलाई नशामुक्त घोषित गर्न खबरदारी गर्ने सो स‌ंगठनका सचिव बिपी कोइरालाले जानकारी दिए।

उनका अनुसार पदयात्रामा नशामुक्त अभियानका अन्तर्राष्ट्रिय अभियन्ता सिद्धाश्रम-रत्न श्रद्धेय अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधिका साथै हजारौ‌ँ शुभचिन्तकहरु करिब १० किलोमिटरको पदयात्रामा सहभागी हुनेछन् ।

संगठन विगत १६ वर्षदेखि नशामुक्त अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको छ। समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु(संस्कार तथा राजनीतिक भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउँदै जातिभेद-छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहीनतालगायत कु-संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मूल सनातन संस्कृति वा ऋषिकालीन परम्परासँग जोड्दै सचेत, कर्मशील, सामर्थ्यवान्, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रमलगायत मानवीय मूल्यमान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माण हेतुले यो संगठन सतत सक्रिय रहेको संगठनले जनाएको छ ।

 

प्रकाशित मिति: २१:३५ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्