विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक
मंगलबार साँझ विराटनगरमा एक विशेष समारोह आयोजना गर्दै विरानगर किंग्सको जर्सी सार्वजनिक गरियो। विराटनगरको जर्सीमा पहेँलो र गाढा निलो रंग प्रयोग गरिएको छ।माेरङ, मंसिर ४ : नेपाल प्रिमियर लिग (एनपिएल) टिम विराटनगर किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।
मंगलबार साँझ विराटनगरमा एक विशेष समारोह आयोजना गर्दै विरानगर किंग्सको जर्सी सार्वजनिक गरियो। विराटनगरको जर्सीमा पहेँलो र गाढा निलो रंग प्रयोग गरिएको छ।
जर्सी सार्वजनिकपछि मार्की खेलाडी सन्दीपले विराटनगरसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै एनपिएलको ट्रफी विराटनगर ल्याउन हरसम्भव प्रयास गर्ने बताए।
सोही कार्यक्रममा एन्थम ‘आयो पूर्वेली मैदानमा’ सार्वजनिक गरियो। कुशल पोखरेलले निर्माण गरेको गीत ‘हिपहप’ शैलीको छ। कशुल विराटनगर किंग्सको एम्बासडर तथा भ्वाइस अफ विराटनगर किंग्स पनि हुन्।
यस्तै, कार्यक्रममा चर्चित गायिका रचना रिमाललाई फेस अफ विराटनगर किंग्स घोषणा गरियो।
सोही अवसारमा यू–१९ महिला क्रिकेट टिमका प्रशिक्षक महेशप्रसा रिजल र यू–१९ टिमकै सदस्य रिया शर्मालाई सम्मान गरिएकोृ थियो।
कार्यक्रममा क्लबले कोशीका जिल्ला क्रिकेट संघहरूलाई किट पनि प्रदान गरेको थियो। सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत मन्त्रीहरू, प्रदेशका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्यान्डका पूर्वअलराउन्डर केभिन आ’ब्रायन प्रशिक्षक छन्।
लिगका लागि विराटनगरले न्युजिल्यान्डका चर्चित ओपनर मार्टिन गुप्टिल, ओमानका अलराउन्डर अकिव इलियास, क्यानडाको ब्याट्सम्यान निकोलस क्रिटोन, स्टकल्यान्डका बलर क्रिस सोल, अफगानिस्तानका युवा अलराउन्डर इस्मत आलमलाई अनुबन्धन गरेको छ।
नेपाल प्रिमियर लिग आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ। विराटनगरले पहिलो दिन नै जनकपुर बोल्ट्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।