Kathmandu Press

नेप्से उच्च अंकमा गिरावट

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा कायम भएको हो। 
नेप्से उच्च अंकमा गिरावट

काठमाडौं, ४ मंसिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले गिरावट भएको छ।  नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा कायम भएको हो। 

मंगलबार तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा  १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.१७ र जलविद्युत् समूह ३.९७ प्रतिशतले घटेको छ। 

त्यस्तै बैंकिङ १.११, विकास बैंक २.२९, वित्त संस्था २.३१, लगानी २.८, जीवन बीमा १.९४ र उत्पादन तथा प्रशोधन १.४८, लघुवित्त समूह १.५०, म्युचुअल फन्ड ०.१५, निर्जीवन बीमा १.६९, व्यापार २.२१ र अन्य समूह १.५८ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याको आधारमा ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर सहित उच्चकारोबार गरेको ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै ९.२५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्