Kathmandu Press

पेरिसडाँडामा क्रान्तिकारीका तीन विद्यार्थी नेताले सुरु गरे आमरण अनसन 

अनसन बस्नेमा अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगाना छन्। 
पेरिसडाँडामा क्रान्तिकारीका तीन विद्यार्थी नेताले सुरु गरे आमरण अनसन 

काठमाडौं, मंसिर ४ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन विद्यार्थी नेताले आमरण अनसन थालेका छन्। 

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र सुचारु गर्न माग गर्दै विद्यार्थी नेताहरु आमरण अनसन बसेका हुन्। उनीहरुले यसअघि गर्ने भनिएको बन्दसत्र मंसिर २३ गतेदेखि सुरु हुने सुनिश्चितता गर्न माग राखेका छन्। 

अनसन बस्नेमा अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगाना छन्। 

अनसन शुरु गरेका विद्यार्थी नेताहरुले नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न समेत माग गरेका छन्। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उमेर हद विवादको कारणले नेतृत्व चयन नगरी स्थगित गरिएपछि विवादको रुप लिएको थियो। 

महाधिवेशन गत असोज १० गतेदेखि काठमाडौंमा सुरु भई बीचैमा स्थगित भएको थियो। 

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्