तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, असाेजमा मात्रै झण्डै डेढ खर्ब भित्रियाे
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा अहिलेसम्मकै सबैभन्दा धेरै १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
काठमाडौं, मंसिर ४ : चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा अहिलेसम्मकै सबैभन्दा धेरै १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यस्तै, साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांक छ।
यो गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो।
यस्तै, यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ।
प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(55)-1765012331.jpg)





-1764753058.png)
-1764751301.jpg)
