Kathmandu Press

विश्वकप खेल्ने स्याङ्जाली चेलीलाई खुमा अर्यालफाउण्डेसनले जनही १ लाखसहित सम्मान गर्ने 

विश्वकप खेल्ने स्याङ्जाली चेलीलाई खुमा अर्यालफाउण्डेसनले जनही १ लाखसहित सम्मान गर्ने 

स्याङ्जा, मंसिर ४ : शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित सम्मान गर्ने भएको छ । 

युएईमा भएकाे यू-१९ टि-२० महिला विश्वकपकाे एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए। 

Hardik ivf

स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के।सी।, कुसुम गोदारलाई साथै स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लाई पनि सम्मान गरिनेछ । फाउन्डेसनले आफ्नो स्थापना दिवसको अवसरमा यहि मंसिर ५ गते उक्त सम्मान कार्यक्रम गर्ने भएको हो। 

फाउन्डेसनले सोही  दिन कालिका बहुमुखी क्याम्पस भिरकोट ७ बलमाटामा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोग र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको सहकार्यमा खुला रक्तदान सहितको विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर सन्चालन गर्दैछ ।
 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्