Kathmandu Press

भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु

अस्पतालले प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिईन।
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु

भक्तपुर, मंसिर ४ : भक्तपुर अस्पतालले मोतिविन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ। मंगलबारबाट अस्पतालले उक्त सेवा प्रारम्भ गरेको हो। 

अस्पतालले प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिइन्। 

आँखाका बिरामीलाई बहिरंग सेवा उपलब्ध गराउँदै आएको अस्पतालले प्रदेश सरकारद्धारा उपकरण प्रदान गरेपछि सेवा सञ्चालन भएको हो। 

वागमती प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको छ।
 

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्